मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार १९:४४:००
Read Time : < 1 मिनेट
समाचार

संसदीय समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार १९:४४:००

संघीय संसद प्रतिनिधि सभा अर्न्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले काठमाडाैंको कालीमाटीस्थित केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहलस्थित खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकले समिति सदस्य मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक तोकेको हाे । अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने समिति सभापति विमल प्रसाद श्रीवास्तवले जानकारी दिए । 

काठमाडाैं उपत्यकाको कालीमाटीबाहेक मुलुकका प्रमुख नाका र स्थानमा विषदी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएकाले आयातित खाद्य सामाग्रीमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकारपछि हटेको थियो । सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुन: परीक्षणको काम सुरु गर्न थालिएको छ ।