मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार ११:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मानिसमा किन आउँछ नकारात्मक सोच ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार ११:५८:००

डा. नरेन्द्रसिंह ठगुन्ना
मनोविद् तथा अध्यक्ष
द स्कुल अफ साइकोलोजी 

जब मानिसले सोचेभन्दा विपरीत भइदिन्छ, त्यसपश्चात् उसमा निराशापन आउने गर्छ । जसले पछि गएर नकारात्मक सोचको विकास गर्छ । निराशापनले सोच र व्यवहारमा परिवर्तन ल्याइदिन्छ । यदि समयमै यसको सही समाधान भएन भने ठूलो समस्यासमेत निम्तिन सक्छ । अस्वस्थताको कारण नकारात्मक सोचलाई पनि मानिन्छ । शारीरिक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबडीले गर्दा नकारात्मक सोच आउने गर्छ । जसले गर्दा आत्मविश्वास हराउने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँजस्तो लाग्ने, बोल्न डराउने र निरास हुनेजस्ता लक्षण देखिन्छन् । 

कारण 

  • आफूले चाहेको कुरा पूरा नहुनु नकारात्मकताको मुख्य कारण हो । जसले गर्दा व्यक्तिमा निराशापन बढाइदिन्छ । फलस्वरूप सही निर्णय नलिने तथा व्यवहारमा नकारात्मक परिवर्तन हुँदै जाने हुन्छ । 
  • हरेक व्यक्तिले आफूले गरेको काममा प्रशंसा पाउन खोज्छ, तर कतिपय समयमा यो सम्भव हँुदैन । खासगरी, बालबालिका यस्तो अवस्थाबाट गुज्रने गर्छन् । कामको सही मूल्यांकन नहुँदा पनि नकारात्मकता बढेर जान्छ । 
  • हरेक व्यक्तिमा केही न केही गर्न सक्ने जैविक क्षमता हुन्छ । तर, हाम्रो समाजमा आफूले गर्न खोजेको कामभन्दा पनि अरूले महत्वपूर्ण ठानेको काममा बढी केन्द्रित हुने चलन छ । जसले गर्दा काममा फिट हुन सकिँदैन । बिस्तारै व्यक्तिमा नकारात्मक सोचको विकास हँुदै जान्छ । 
  • वरपरको वातावरणले समेत व्यक्तिको दिमागमा असर परिरहेको हुन्छ । घरपरिवार, समाजमा हरेक विषयमा नकारात्मक सोच राख्ने वातावरण भएमा बालबालिकामा पनि त्यही तहको सोच विकास हुन्छ । 

बच्ने उपाय 

  • नकारात्मक सोच आफ्नै लागि पनि घातक हुन्छ । नकारात्मक सोच बढ्दै गएपछि बाइपोलर डिसअर्डरजस्तो मानसिक रोग निम्तिन सक्छ । 
  • तसर्थ, सकारात्मक सोच विकास गर्ने प्रयत्न गर्नुपर्छ । 
  • आफ्नो क्षमता र रुचिअनुसारको काम गर्नुपर्छ । जसले सजिलै सफलता पाउन सकिने भएकाले निराशापन हुनबाट बचाउँछ ।
  • नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ । त्यस्तै, पढाइ र करिअर छनोटमा पनि दबाब नदिई अभिभावक र शिक्षकले सही मार्गदशन दिनुपर्छ ।
  • बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान तथा शान्त वातावरणमा बस्ने गर्नुपर्छ ।