Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार ११:२६:००
Read Time : < 1 मिनेट
नयाँCity

घरमै चल्छ गायन प्राक्टिस : भवानी राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार ११:२६:००

म संगीत पारखी हुँ । आफैँ पनि सितार र हार्मोनियम बजाउँछु । गीत–संगीतमा एकदमै रुचि छ । मैले सानैदेखि संगीत सिकेकी हुँ । हाम्रो सुरसुधा संगीत ग्रुप छ । उनीहरूसँग बसेर कहिलेकाहीँ प्राक्टिस पनि गर्छु । धेरैजसो सितार क्लासिक बजाउँछु । हिन्दी–नेपाली सबै गीत गुनगुनाउँछु पनि । मलाई रेगुलर रूपमा चलिरहेका गीत मन पर्छन् । 

सितार धेरैजसो क्लासिक बजाउँछु । हिन्दी–नेपाली सबै गीत गुनगुनाउँछु पनि । मलाई रेगुलर रूपमा चलिरहेका गीत मन पर्छन् ।

सुरसुधाको ग्रुपसँग पहिल्यैदेखि हार्मोनियम र सितार बजाउन सिकेँ । अहिले पनि घरमा सितार र हार्मोनिमय छन् । कहिलेकाहीँ फुर्सद हुँदा सुरसुधाको टिमलाई घरमा बोलाउँछु । एक–दुई घन्टा घरमै गाउने–बजाउने प्राक्टिस चल्छ । सुरसुधा धेरै पुरानो सांगीतिक ग्रुप हो । घरमा सुरेन्द्र श्रेष्ठको टिम नै आउनुहुन्छ । एक–दुई घन्टा गाउने–बजाउने गर्दा खुबै रमाइलो हुन्छ ।