मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण ९ बिहीबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीले रअका प्रमुखलाई नभेटेको संचारमन्त्रीको दावी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण ९ बिहीबार १८:०१:००

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बाह्य मामिला हेर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ 'रअ'का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको दावी गरेका छन् । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गरे । 

‘हामीलाई थाहा छैन । आएको हो र कसैले भेटेको हो भने पनि प्रचलित कूटनीतिक मर्यादाका आधारमा भेटेको हुनुपर्छ,’ उनले भने, ‘तर प्रधानमन्त्री ज्यूले भेट्नुभएको छैन । यो भ्रम सृजना गर्ने काम नगरौ । क कस्ले भेट्नुभयो हामीलाई थाहा पनि छैन । भेट्नै हुदैनथ्यो भन्ने पनि हामीलाई लाग्दैन । तर म दावा साथ भन्छु सम्माननिय प्रधानमन्त्री ज्यूले भेटे जस्तो मलाई लाग्दैन ।’

उनले मुलधारका मिडियालाई ‘कुहिरीमण्डलको खेतीमा’ नरुमल्लिम आग्रह गरे । रअका प्रमुखले अन्य नेतासँग गरेको भेटघाटका सम्बन्धमा पनि उनले अनविज्ञता जनाए । 
‘क कसले भेटे ? को कसलाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ ?’ उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर त हुदैन होला नि ? यस्तो लघुताभासी मान्यता पनि नराखौ ।’  

पुर्व प्रधानमन्त्री लगायतसँग रअका प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त ? भन्ने पत्रकारको जिज्ञासामा उनले भेटबारे नै आफुलाई  जानकारी नभएको प्रतिक्रिया दिए ।

उनले भने, ‘म हाजिरी जवाफमा सामेल छैन ।’