मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण ८ बुधबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार

पाँच दिनपछि नदी किनारमा बालिकाको शव फेला 

Read Time : < 1 मिनेट
२०७६ श्रावण ८ बुधबार १४:१८:००

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पर्ने ठुलीभेरी नदी किनारमा बालिकोको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका तल्लु बगरबाट बगेर बेपत्ता भएकी बालिकाको शव बुधबार आठबीसकोट नगरपालिका ९ स्थित राडिज्युला शिक्षा क्याम्पस नजिकै भेरी नदी किनारमा फेला परेको हो । सल्यानको कुमाख गाउँपालिका २ स्थायी घर भई जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुमा होटेल व्यावसाय गर्दै आएका धन बहादुर रावत की ११ वर्षीया छोरी वर्षा कुमारी रावतको शव ५ दिनपछि बुधबार फेला परेको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी नायव निरीक्षक सन्तोस खनालले बताए ।

उनका अनुसार ११ वर्षीया बालिका रावत साउन ३ गते दिउँसो २ बजे तिर भेरी नदिमा नुहाउन गएको बेला नलगाड नगरपालिकाको तल्लुबगरबाट भेरी नदिमा बगेर बेपत्ता भएकी थिइन । बुधबार बिहान स्थानीयले भेरी नदिमा दाउरा उतार्न गएको बेला शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । बालिकाको शव निकालेर बालिकाका बुवा धन बहादुरको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ ।