मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस 
२०७५ मङ्सिर २९ शनिबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

ढुङ्गाले लागेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
रासस 
२०७५ मङ्सिर २९ शनिबार १८:४०:००

ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटामा शनिबार एक बालकको मृत्यु भएको छ । 

सडक खन्ने क्रममा बा२क ७४७३ नम्बरकाे डोजरले पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको हाे । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले लागेर रास्कोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । डोजर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद अधिकारीले बताए ।