१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण ७ मंगलबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार

घर भत्किँदा एक वृद्धाको मृत्यु, तीन जना घाइते

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार १६:४३:००

निरन्तर वर्षाका कारण गलेको घर भत्किँदा सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ६५ वर्षीय कुसमा कुजर्नी रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । छिमेकी आजम राइनको घरमा कुराकानी गर्दै गर्दा घर ढलेर थिचिएर गम्भिर घाइते भएकी उनको उपचारको क्रममा धनगढीमाई–११ स्थित श्रमजीवी अस्पतालमा मृत्यु भएको लहान प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । 

प्रहरी नायव उपरीक्षक रिजालका अनुसार रहिमन मियाँको घरमा बसेर कुराकानी गरिरहेका बेला घर ढल्दा मियाँँसहित उनकी पत्नी करिब ६५ वर्षीया करियाही कुजर्नी र करिब २६ वर्षीय सुवाष गिरी घाइते भएका छन् । घाइतेमध्ये मियाँ दम्पतीको अवस्था गम्भिर रहेको छ भने गिरीको अवस्था सामान्या रहेको जनाएको छ । उनीहरुको श्रमजीवी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।