मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्याैपाने
२०७५ पौष १९ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पामा चर्को करप्रति यातायात व्यवसायीकाे विरोध 

Read Time : < 1 मिनेट
रामचन्द्र न्याैपाने
२०७५ पौष १९ बिहीबार १६:५४:००

डोल्पाको ठुलीभेरी नगरपालिकाले यातायातका साधनहरुमा लगाएको चर्काे करको यातायात व्यवसायीले विरोध गरेका छन् । जुफाल–दुनै, दुनै–सूपानि सडक खण्डमा चलिरहेका जिपले प्रति ट्रिप दई सय रुपैयाँ स्थानीय सरकारलार्इ कर तिर्नु पर्ने भएपछि यातायात व्यवसायीहरुले विरोध जनाएका हुन् । एक दिनमा एउटा जिपले तीन पटकसम्म आवतजावत गर्दा ६ सय रुपैयाँ नगरपालिकालाइ कर तिर्दा व्यवसायीहरु मरमा परेका हुन् । 

व्यवसायीहरुले वार्षिक तीन लाख ६४ हजार रुपैयाँ कर स्थानीय सरकारलाई बुझाउँदै आएका छन्भ भने वार्षीक ४३ हजार रुपैयाँ केन्द्र सरकारलाइ कर तिर्दै आएकाे जिप व्यावसायी सुरेन्द्र कठायतले जानकारी दिए । स्थानीय सरकारको निर्णय अनुसार ट्रयाक्टरको प्रति ट्रिप तीन सय रूपैयाँ र जिपको दुई सय रुपैयाँ कर लिने गरिएकाे नगरपालिकाको वडा नं ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिए ।