मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ७ मंगलबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कारको आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार १५:४०:००

बर्दियामा एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका ८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापा मगरलाई १८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार किशोरीलाई गत ४ र ५ साउनमा ललाई फकाई अशोक सुनारको घरको कोठामा लगेर डर तथा धम्की देखाई सामुहिक रुपमा बलात्कार गरेका थिए । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालयका मैनापोखरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले आरोपी अशोक र श्रीधरलाई सोमबार पक्राउ गरेको हो । घटनाका आरोपि र पीडितको जिल्ला अस्पताल बर्दियामा स्वास्थ्य परीक्षण गरिएको छ । 

अशोक र श्रीधरलाई सोमबार नै जिल्ला अदालत बर्दियाबाट एक हप्ता म्यादथप गरी थप अनुन्धान प्रक्रिया अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।