मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
डा. जयदेव यादव, बालरोग विशेषज्ञ कान्तिपुर अस्पताल
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार १०:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बच्ने झाडापखालाबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार १०:५९:००

वर्षायाममा झाडापखालाको संक्रमण बढ्छ । बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा झाडापखालाको महामारी फैलिने अधिक सम्भावना रहन्छ । झाडापखालाको महामारीकै कारण नेपालमा कतिपयको ज्यानसमेत जाने गरेको छ । 
लक्षण

  •  बालबालिका, बुढाबुढी, गर्भवतीलगायत प्रतिरोधी क्षमता कम भएका मानिस झाडापखालाबाट बढी प्रभावित हुने गर्छन् । सावधानी अपनाएमा झाडापखाला केही दिनमा आफैँ ठीक भएर जान्छ । तर, यो लामो समयसम्म रहेमा स्वास्थ्यका लागि घातक हुन सक्छ । 
  •  झाडापखाला हुँदा लगातार दिशा लागिरहने, ज्वरो आउने, बच्चामा डिहाइडे«सन हुने, शरीरमा पोटासियम र सोडियमको मात्रामा कमी आउनेजस्ता समस्या हुन्छन् । 


बच्ने तरिका

  •  पानी शुद्धीकरण (उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधिको प्रयोग) गरेर मात्र पिउनुपर्छ । 
  •  घरवरिपरि सफा राख्नुपर्छ । जसले गर्दा कीटाणु सजिलै खानामा पर्दैनन् । 
  •  खुला राखिएका तथा बासी खानेकुरा खानुहुँदैन । खानेकुरा सधैँ छोपेर मात्र राख्नुपर्छ । खोला, इनार आदिको पानी प्रयोग गर्दा सापधानी अपनाउनुपर्छ । घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । 
  •  दिशा गरिसकेपछि र खाना खानुपूर्व साबुन–पानीले राम्ररी हात धुनुपर्छ । 
  •  फलफूल, हरियो सागपातजस्ता काँचै खाइने खानेकुरा राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ