मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०७:०६:००
Read Time : < 1 मिनेट
अर्थ

२८ हजार  फलफूलका बिरुवा वितरण

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०७:०६:००

सुन्तलाजात फलफूल खेती गर्ने नवलपुरको पहाडी गाउँपालिकाका किसानलाई २८ हजार ६ सय ५ सुन्तला र सुन्लाजातका फलफूलका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरमा लागू भएको सुन्तलाजात फलफूल जोन कार्यक्रममा संलग्न किसानहरूलाई उक्त बिरुवा वितरण गरिएको हो । सुन्तला १५ हजार ५ सय ४८, कागती ११ हजार ८ सय ७, जुनार १ हजार ३०, निबुवा ९५, तिनपाते सुन्तला (जंगली सुन्तला) १ सय २५ वटा बिरुवा वितरण गरिएको सुन्तलाजात फलफूल जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५, गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ र देवचुली नगरपालिकाको वडा नम्बर ६ मा सुन्तालाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । सुन्तलाजातका फलफूलका बिरुवा रोप्ने सिजन अहिले भएकाले बिरुवा वितरण गरिएको हो । 

परियोजनाको १० लाख र किसानको १० लाख गरी २० लाख रुपैयाँको लागतमा बिरुवा खरिद गरेर वितरण गरिएको अधिकृत शर्माले बताए । किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो ।