मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ६ सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

टेनिस कोर्ट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ६ सोमबार ११:५८:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी निर्माण भएको लनटेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद्ले आइतबार हस्तान्तरण गरेको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई साँचो हस्तान्तरण गरेका हुन् ।

‘निर्माण भइसकेको रहेछ, हस्तान्तरण गर्न किन ढिलाइ भएको हो, समारोह नै राखेर हस्तान्तरण गर्नुपर्छ भन्ने छैन,’ सिलवालले भने, ‘खेलाडीले प्रयोग गर्न पाऊन् भनेर बनाइएको हो, खेलाडीले प्रयोग गर्न पाउनुपर्‍यो, त्यही ठूलो कुरा हो ।’ टेनिस कम्प्लेक्समा पुराना ६ क्ले कोर्टलाई विस्थापित गरी त्यति नै हार्ड कोर्ट बनाइएका छन् । छेउमै थप दुईवटा सफ्टटेनिसका लागि पनि हार्ड कोर्ट बनाइएका छन् ।

सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि सदस्य–सचिव सिलवालले १३औँ सागमा समाविष्ट खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकहरूसँग खेलाडीको प्रशिक्षण र समस्याबारे जानकारी लिएका थिए । यसैबीच, नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक संग्रहालयले सदस्य–सचिव सिलवालको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेका थिए ।