Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ६ सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
अर्थ

नवलपुरका किसानलाई फलफूलका बिरुवा

Read Time : > 1 मिनेट
२०७६ श्रावण ६ सोमबार ०७:३८:००

सुन्तला खेती गर्ने नवलपुरको पहाडी गाउँपालिकाका किसानलाई २८ हजार ६ सय ५ फलफूलका विरुवा वितरण गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरमा लागू भएको सुन्तला जात फलफूल जोन कार्यक्रममा संलग्न किसानलाई बिरुवा वितरण गरिएको हो । सुन्तला १५ हजार ५ सय ४८, कागती ११ हजार ८ सय ७ , जुनार १ हजार ३०, निबुवा ९५ , तीनपाते सुन्तला (जंगली सुन्तला) १ सय २५ वटा बिरुवा वितरण गरिएको फलफूल जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नवलपुरको बुलिंङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, हुप्सेकोट गाउँपालिका–५, गैँडाकोट नगरपाकिला–१८ र देवचुली नगरपाकिला–६ मा सुन्ताला जातका फलफूल जोन कार्यक्रम लागू भएको छ । सुन्तला जातका फलफूलको बिरुवा रोप्ने उत्तम समय असार महिना भएकाले असारभित्रै सबै बिरुवा वितरण गर्ने काम सम्पन्न गरिएको हो । 

परियोजनाको १० लाख र किसानको १० लाख गरी २० लाख रुपैयाँको लागतमा बिरुवा खरिद गरेर वितरण गरिएको अधिकृत शर्माले बताए । किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो । वितरण गरिएका सुन्तलाका विरुवा सबै रैथाने जातका हुन् भने कागतीमा केही सुन कागती र तेह्रथुम लोकल जातका रहेका शर्माले जानकारी दिए । बिरुवा गोरखा, पाल्पा र धनकुटाबाट ल्याइएको हो ।

यसैबीच, परियोजना लागू भएका तीन स्थानीय तहमा सुन्तला जातका फलफूलका लागि आवश्यक पर्ने सिँचाइको कामसमेत भएको छ । यस्तै, बौदीकाली ५ बबोकमा ११ लाख ५० हजार रुपैयाँको लागतमा सुन्ताला संकलन केन्द्रसमेत निर्माण सम्पन्न भएको छ । किसानको १५ प्रतिशत लागतमा उक्त संकलन केन्द्र निर्माण भएको हो । किसानले उत्पादन गरेको सुन्तला जात फलफूललाई संकलन केन्द्रमा संकलन गरी एकीकृत रूपमा बजारीकरण गर्ने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको र आउँदो सिजनबाट काम सुरु हुने भण्डारीले बताए ।