मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १७:०२:००
Read Time : < 1 मिनेट
समाचार

छवि अ‍ोझा र शिल्पा पाेखरेलविरुद्ध बहुविवाहको उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १७:०२:००

फिल्मी निर्माता छविराज ओझा र उनकी कान्छी नायिका श्रीमती शिल्पा पोखरेललाई विपक्षी बनाइ बहुविवाहको उजुरी परेको छ । उनीहरुविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले काठमाडौं प्रहरी वृत गौशालामा उजुरी दर्ता गरेकी हुन् ।

गाैशला वृत्तका डिएसपी प्रदीपकुमार सिंहले उजुरी परेकाे जानकारी दिए । उनले उजुरी परेपछि छानबिनकाे काम भइरहेकाे उल्लेख गर्दै दर्ता भने नभएकाे बताए । 

फिल्म निर्माता छवि ओझा र नायिका पोखरेलबीच केही समयदेखि विवाद हुँदै आएको थियो । शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै ओझाविरुद्ध उजुरी दिएपछि उनीहरूको विवाद चुलिँदै आएको थियो । शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् । शिल्पाकै कुरा मान्ने हो भने उनले अब छविसँग छुट्टिने निर्णय भइसकेको छ ।

यसैबीच, छविले शिल्पालाई सम्बोधन गर्दै फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले ‘शिल्पाजी’ भनेर सम्बोधन गर्दै ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन चाहेको बताउँदै आएका थिए । 

शिल्पाले न्याय माग्दै छविविरूद्ध उजुरी दर्ता गरेसँगै ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ,’ उनले भनेका छन् ।