Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ५ आइतबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ

साओमीको आधिकारिक सर्भिस सेन्टर ताम्राकार कम्प्लेक्समा

Read Time : < 1 मिनेट
२०७६ श्रावण ५ आइतबार ०६:२९:००

साओमी नेपालले ताम्राकार कम्प्लेक्समा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । साओमीका स्मार्टफोन प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर कम्पनीले कम्प्लेक्सको पाँचौँ तलामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

सर्भिस सेन्टरको शुक्रबार साओमी नेपालका कन्ट्री हेड सौरभ कोठारी, साओमीका साउथ एसिया सर्भिस हेड मिन्तेस कुमार, टेली डिरेक्टका सञ्जय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, इसिआरसीका सञ्जित पौडेललगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सर्भिस सेन्टरमा साओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्भिस उपलब्ध हुनेछ । साथै, सेन्टरबाट ग्राहकले विभिन्न किसिमका एसेसरिज पनि किन्न सक्नेछन् । सेन्टरले नेपाली सेवाग्राहीलाई साओमीको अन्तर्राष्ट्रियस्तरको सर्भिस दिने कम्पनीले जनाएको छ ।