मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सन्तोष लामा, गायक
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०८:४६:००
Read Time : > 1 मिनेट
नयाँCity

मेलिना मानन्धर मेरो चाइल्डहुड क्रस : सन्तोष लामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०८:४६:००

फिल्म हेर्ने फुर्सद छ ?
तीन–चार वर्ष पहिलेसम्म एकदमै धेरै हेर्थें । अहिले किताबहरू पढ्ने गरेको छु । त्यसकारण तुलनात्मक रूपमा कम हेर्छु । तर, राम्रा फिल्म छाड्दिनँ । फिल्म हेर्न मन पराउँछु । 

पछिल्लो समय हेर्नुभएको फिल्म कुन हो ?
मैले पछिल्लो समय जात्रै जात्रा हेरेको थिएँ । त्यो फिल्म एकदमै बबाल लाग्यो । त्यो फिल्मले नेपाली फिल्म राम्रो बन्दैनन् भन्ने गुनासा मेटाएको ठानेँ । पहिला जात्रा पनि हेरेको थिएँ । त्यसको सिक्वेल मिलाइएको रहेछ । फिल्मले दर्शकलाई बाँधेर राखी क्लाइमेक्ससम्मै एकदमै इन्ट्रेस्टिङ बनाउन सकेको छ । सायद त्यही भएर पनि ५१ दिन मनाउन सफल भयो । फिल्म मलाई एकदमै राम्रो लाग्यो ।

कस्ता फिल्म तपाईंको रोजाइमा पर्छन् ?
म बीचमा अंग्रेजी सिनेमा एकदमै धेरै हेर्थें । त्यसमा पनि अरूलाई अल्छी लाग्ने खालका आर्ट मुभी हेर्थें । गीत पनि त्यस्तै गाउन मन पराउँथेँ, त्यतिवेला । पछिल्लो समयचाहिँ यो वा त्यो भन्ने छैन । राम्रो भयो भने जुनै सिनेमा पनि हेर्छु । जुनकुनै भाषाको पनि हेर्छु ।

परिवारसँग हल जानुहुन्छ ? 
म अहिले विवाहित हुँ । लभ परेको वेला गर्लफ्रेन्डसँग फिल्म हेर्न खुबै गएँ । त्योबाहेक मेरो साथी धर्मेन्द्र सेवानसँग पनि फिल्म हेर्न जान्थेँ । अंग्रेजी मुभीचाहिँ म घरमै बसेर डिभिडीमा हेर्थें । कम क्वालिटीको हुने कारण युट्युबमा खासै फिल्म हेर्दिनँ । 

मेरो ‘चाइल्डहुड क्रस’ मेलिना मानन्धर हो । म यो कुरा उहाँलाई भेटेँ भने भन्नेछु । उहाँ त मेरो यस्तो क्रस हुनुहुन्छ कि त्यसको कुनै मापन नै छैन । उहाँका धेरै फोटो मेरो घरमा टाँसेको छु । मैले अभिनय नबुझ्दै उहाँको फ्यान भएको थिएँ ।

तपाईंलाई मन पर्ने अभिनेत्री को हो ?
धेरै हुनुहुन्छ । मेरो ‘चाइल्डहुड क्रस’ मेलिना मानन्धर हो । म यो कुरा उहाँलाई भेटेँ भने भन्नेछु । उहाँ त मेरो यस्तो क्रस हुनुहुन्छ कि त्यसको कुनै मापन नै छैन । उहाँका धेरै फोटो मेरो घरमा टाँसेको छु । पहिला म उहाँको एकदमै ठूलो फ्यान हो । उहाँलाई मन पराउने वेला मलाई अभिनय भनेको नै थाहा थिएन । मलाई उहाँ मान्छे नै मन पथ्र्यो । अहिले पनि वेलावेला उहाँका पुराना मुभीहरू हेर्छु ।

कुनै अभिनेत्रीसँग अभिनय गर्न मन छ ?
सबै अभिनेत्री एकदमै खतरा अभिनय गर्ने नै हुनुहुन्छ । मलाई पछिल्लो समय मन पर्ने अभिनेत्री नम्रता श्रेष्ठ हो । लक्किली उहाँले मेरो भिडियो ‘मायालु मुहार’मा खेल्नुभएको छ । ‘जायरा’ फिल्मका लागि पनि उहाँकै लागि गीत गाउने अवसर पाएको थिएँ । अभिनय नै गरेँ भने उहाँसँगै गर्न मन छ । 

फिल्म बनाउने कुनै सोच छ ?
म फिल्ममा एकदमै रुचि राख्ने मान्छे हुँ । यो क्षेत्रमा मेरा धेरै साथी छन् । यसको भित्री कुरा धेरै बुझिरहेको छु । फिल्म बनाउनजस्तो गाह्रो र साहसी कुरा केही पनि होइन रहेछ । फिल्म बनाउनेबारे त म अरू १० वर्ष सोच्नै सक्तिनँ ।