मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १९:४२:००
Read Time : < 1 मिनेट
समाचार

राेकेकाे टिपरमा ठोक्किँदा एक जनाकाे मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १९:४२:००

काठमाडौं महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा ९२ प ६५६५ नम्बरकाे स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ । रासस