Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

१५ लाख घुस लिएका तीन इन्जिनियरसहित चालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १९:१७:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत तीन जना इन्जिनियर र एक सवारी चालकलाई पक्राउ गरेकाे छ । उनीहरूलाई शनिबार सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको हाे ।

इन्जिनियरहरु कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरिप्रसाद चौधरी र चालक टंक प्रसाद ओझालाई आयोगको टोलीले पक्राउ गरेको हो । घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

निर्माण योजनामा तारजाली भर्ने कामको बिल भुक्तानी गरे वापत घुस लिएको १५ लाख नगदसहित पक्राउ गरेको आयोगले जनाएको छ । बर्दियाको गरुवा गाउँपालका-१ बाट पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको आयोगका अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए ।