समाचार
लोकसेवा आयोगले लिन लागेको परीक्षाविरुद्ध आन्दोलनमा उत्रिएका १५ जना पक्राउ
Read Time : < 1 मिनेट
२०७६ श्रावण ४ शनिबार १९:०६:००
लोकसेवा आयोले समावेशी र आरक्षण कोटा कटौती गरेर परीक्षा लिन लागेपछि शनिबार इटहरीमा प्रदर्शन गरेका नेपाल आदिवासी जनजाति महासंंघका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महासंघका सुनसरी अध्यक्ष राजकुमार राईसहित १५ जनालाई बजार बन्द गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए ।
नेता तथा कार्यकर्ताहरु पक्राउपछि महासंघका सदस्यले दिनभरि इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए । महासंघले संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा कार्यान्वयन नगरी आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन गरेदेखि आन्दोलन गर्दै आएको छ ।