१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:३०:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा भूकम्पको ठुलाे धक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:३०:००

भारतको केही राज्यमा शनिबार भूकम्पको धक्का गएकाे छ । हिमाचल प्रदेश, सोनीपत र महाराष्‍ट्रमा भूकम्पकाे धक्का महसुस गरिएको थियो । बिहान हिमाचल प्रदेशमा भूकम्प आएको थियो भने त्यसपछि दिल्लीसँग जोडिएको सोनीपत र महाराष्ट्रमा भूकम्प आएको समाचारमा जनाएकाे छ ।

भारतकाे विभिन्न प्रदेशमा भूकम्पको ठूलो झड्का आएको भारतीय मौसम विभागले जनाएकाे छ । विभागका अनुसार ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएकाे थियाे । भूकम्पकाे केन्द्र अरुणाचल प्रदेशको पूर्वी भागमा पर्ने कामेङ्ग भएको विभागले जानकारी दिएको छ ।

सोनीपतमा आएको भूकम्पकाे धक्का भने सामान्य रहेको विभागले जनाएकाे छ । सोनीपतभन्दा ५ किलोमिटर टाढा आएको भूकम्प ३ दशमलव २ रेक्टर स्केलको रहेकाे थियाे । भूकम्पबाट जनधनको के कति क्षति भएको विवरण आइ नसकेको विभागले जनाएकाे छ । एजेन्सी