मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
विश्व

महिला प्रहरी अधिकारीले गरिन बालिकालाई याैन दुर्व्यवहार गरी साउदीमा लुकेका अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:१५:००

१३ वर्षीय बालिकासँग अनैतिक यौन सम्पर्क राख्दै आएकाे आरोप फरार भई साउदी अरबमा लुकेका एक अभियुक्तलाई 'इन्डियन पुलिस सर्भिस' (आइपिएस)की एक महिला प्रहरीले पक्राउ गरी स्वदेश ल्याएकी छन् । 

आइपिएस अफसर २९ वर्षीया मेरिन जोसेफले दुई वर्षअघि भागरे सउदी अरब पुगेका अभियुक्त सुनिल कुमार रियादलाई पक्राउ गरेकी हुन् । भारतीय प्रहरीले उजुरी दर्ता गरेसँगै उनी भाग्दै आएका थिए । उनी छुट्टी मनाउन केरल जाँदा बालिकामाथि अनैतिक क्रियाकलाप गरेका थिए । उनलाई पक्राउ गर्न भारतीय प्रहरीले 'लुकआउट नोटिस' जारी गरेको थियो । 

अहिले बालिका सरकारीको एक संस्थामा बस्दै आएकी छन् । उनको अवस्था ठिक रहेको समाचारमा जनाइएको छ । एजेन्सी