मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार ०८:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘कविर सिंह’लाई २६६ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार ०८:१६:००

साहिद कपुर र कियारा आडवाणी अभिनीत फिल्म ‘कबिर सिंह’ले भारतीय सिनेमाघरहरूमा रेकर्ड कायम गरेको छ ।

योसँगै फिल्मले शाहिद कपुरको करिअरमा आजसम्मकै सबैभन्दा बढी रुपैयाँ कमाउने सोलो फिल्मको रेकर्ड बनाएको छ । फिल्मले प्रदर्शनको २८औँ दिनमा पनि राम्रो आम्दानी गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रदर्शनकै दिनदेखि फिल्मले सानदार कमाइ सुरु गरेको टिप्पणी गरिएको छ । कबिर सिंहले आजसम्म दुई सय ६६ दशमलव २६ करोड कमाई गरेको बताइएको छ । चौथो सातामा पनि राम्रो कमाइ गरिरहेको फिल्म कबिरलाई  ऋतिक रोशनको फिल्म ‘सुपर ३०’को असर पर्न थालेको मिडियाहरूले उल्लेख गरेका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द लायन किङ’का कारण पनि अब कबिर सिंहको व्यापार कम हुने आँकलन पनि भारतीय मिडियाले गरेका छन् ।