Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस /सिन्ह्वा काबुल 
२०७६ श्रावण ३ शुक्रबार १४:१४:००
Read Time : < 1 मिनेट
विश्व

काबुलकाे एक विश्वविद्यालयमा बम विस्फोट, चारको मृत्यु

Read Time : < 1 मिनेट
रासस /सिन्ह्वा काबुल 
२०७६ श्रावण ३ शुक्रबार १४:१४:००

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा बम विस्फोट भएको छ । शुक्रबार भएको विसफोटमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । 
विस्फोटबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।