मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस दाङ
२०७६ श्रावण २ बिहीबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार

वडाध्यक्षको कुटाईबाट नौ वर्षीय बालक घाइते 

Read Time : < 1 मिनेट
रासस दाङ
२०७६ श्रावण २ बिहीबार १३:१८:००

दाङको घोराही उपमहानगरपालिका-४ का वडाअध्यक्ष भीमबहादुर सार्कीको कुटपिटबाट एक बालक घाइते भएका छन् । 

घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका-४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीलाई कुटपिट गरेका हुन् । फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले बुधबार साँझ कुटपिट गरेको घाइते बालककी आमा रैमता घर्तीले बताइन् । 

कुटपिटबाट उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । उनको घोराहीको नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ । बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था बारे सातापछि मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए । 

रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल भर्ना गरिएको आमा रैमताले बताइन् । वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरे । उनले उपचारका लागि खर्च दिनेसमेत बताए ।