मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २ बिहीबार ०५:४७:००
Read Time : < 1 मिनेट
अर्थ

नामी कलेज र  इन्फो डेभलपर्सबीच सहकार्य

Read Time : < 1 मिनेट
२०७६ श्रावण २ बिहीबार ०५:४७:००

नामी कलेज र इन्फो डेभलपर प्रालिबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । नामीका विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता गरेको कलेजले बताएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनधिले नामीका विद्यार्थीाई सूचनाप्रविधिसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्नेछन् । 

सहकार्यले नामीलाई सूचनाप्रविधिको उत्कृट केन्द्रको रूपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनिधिकोे विश्वास छ । शैक्षिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको संस्थाबीच भएको यो नै पहिलो सम्झौता रहेको नामीका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ठ व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए ।  सहकार्यसँगै नेपाली सूचना तथा प्रविधि बजारले खोजेअनुसारको जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास छ । 

नामीले बेलायतको नर्थ ह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबिए, बिबिए, बिएससी इन कम्प्युटिङ, बिएससी इन सफ्टवेयर इन्जिनियरिङ, बिएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बिएससी इन इन्भाइरोमेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।