१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १ बुधबार १३:१४:००
Read Time : < 1 मिनेट
समाचार

सरकारी विद्यालयमा मदिरा पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ  

Read Time : < 1 मिनेट
२०७६ श्रावण १ बुधबार १३:१४:००

चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा खाएर नाचगान गर्दै गरेका प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा पार्टी गरेका उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल पक्राउ परेका हुन् । हिरासतमा राखेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।