१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १ बुधबार १३:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट साढे ३७ वर्ष कैद सजाय, पाटन उच्च अदालतबाट सफाइ

Read Time : < 1 मिनेट
२०७६ श्रावण १ बुधबार १३:००:००

मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय पाएका नुवाकोटका सुनबहादुर तामाङलाई पाटन उच्च अदालतले सफाइ दिएको छ । नुवाकोट जिल्ला अदालतले तामाङलाई ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तमाङलाई सफाइ दिने फैसला गरेको हो । 

उच्च अदालतको फैसलामा ‘कसुरदार कायम गरि सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिदा सुनबहादुर तामाङले सफाइ पाउने ठहर्छ’ भनिएको छ।  

तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष हुन् । कांग्रेसबाट विजयी तामाङले भारतका विभिन्न ठाउँमा कोठी  संचालन गरेको आरोप थियो । भारतका विभिन्न ४ ठाउँमा रहेको कोठी उनको श्रीमतीले सञ्चालन गर्दै आएको र जबर्जस्ती यौनधन्दामा सम्लग्न गराउँदै आएको प्रहरीको भनाइ थियो ।

त्यस्तै सोही मुद्दाका टीकाराम तामाङको कैद सजाय भने सदर गरेको उच्च अदालत पाटनकाे प्रवक्ता बाबुराम दहालले बताए । उनलाई जिल्ला अदालत नुवाकोटले ३० वर्ष कैद सजायको फैसला गरेको थियो ।

याे पनि पढ्नुहाेस :

गाउँपालिका वडाध्यक्षको भारतमा चारवटा कोठी : कहाँ–कहाँ छन् कोठी ?