१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १ बुधबार १२:५६:००
Read Time : < 1 मिनेट
नयाँCity

प्रशान्त ताम्राकारलाई उपल्लो मुस्ताङ र पोखरा सुन्दर लाग्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १ बुधबार १२:५६:००

फिल्मको सुटिङका लागि पनि नेपालका धेरै ठाउँमा पुगेको छु । सुटिङ नभए पनि मलाई घुम्न मन लाग्छ । खासगरी, प्राकृतिक सुन्दरता भएका ठाउँ घुम्न रुचाउँछु । हुन त नेपाल आफैँमा प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । त्यसमा पनि उपल्लो मुस्ताङ र पोखराको प्राकृतिक एवं भौगोलिक दृश्य रोचक र सुन्दर लाग्छ । 

उपल्लो मुस्ताङ


उपल्लो मुस्ताङको भौगोलिक दृश्य त अनौँठो छ । त्यहाँ पहिलोपटक पुग्दा ‘नेपालमा पनि यस्तो ठाउँ छ है’ भन्ने लाग्छ । यो नेपालको ऐतिहासिक क्षेत्र पनि हो । यहाँ, सुन्दर तरिकाले मौलिकपन जोगाएर राखिएको छ । सफा, शान्त र एकदम चिसो । त्यहाँका स्थानीयको जीवनशैली एकदम कठिन छ जस्तो लाग्छ, तर पनि उनीहरू खुसी छन् । म त्यहाँ जतिपटक पुग्छु, त्यति नयाँ र फ्रेस फिल गर्छु । त्यहाँ पुग्न सजिलो छैन । तर, यो मलाई मनपर्ने ठाउँ हो । 

पोखरा


पोखरा काठमाडौंदेखि नजिकै छ, सजिलै पुग्न सकिन्छ । यहाँ, प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पोखरा म पारिवारिक भ्रमण तथा साथीभाइसँग गइरहन्छु । ड्राइभमा निस्कन सहज ठाउँ हो, पोखरा । नेपालको प्राकृतिक सुन्दरता नियाल्न पोखरा गए पुग्छ भन्ने लाग्छ । पोखरा गएपछि त्यहाँको वातावरण, प्राकृतिक सुन्दरताले प्रेस फिल हुन्छ । अनि काम गर्न जोश, जाँगर चल्छ ।