Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १५:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : चितवन टाइगर्स ७ विकेटले विजयी, प्ले अफ सम्भावना कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १५:५६:००

एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको छ । पाेखरा राइनाेजले दिएकाे एक सय ३० रनकाे लक्ष्य चितवनले ३ विकेटकाे क्षतिमा १९ अाेभरमा एक सय ३४ रन बनाउँदै पुरा गरेकाे हाे । टस हार्दै ब्याटिङ गरेकाे पाेखराले पुरा अाेभर खेल्दै ५ विकेटकाे क्षतिमा एक सय रन २९ जाेडेकाे थियाे । 

लक्ष्छ पछ्याउने क्रममा चितवनका लागि पाैल स्ट्रिलिङ र कप्तान दिपेन्द्रसिंह एेरीले अर्धशतक प्रहार गरे । स्ट्रिलिङले ५५ रन र एेरीले ५४ रनकाे याेगदान गरे । बलिङतर्फ पाेखरका नन्दन यादवले २ विकेट र सुसन भारीले १ विकेट लिए । जितसँगै चितवनले ५ खेलबाट ४ अंक जाेडेकाे छ । चितवनकाे प्ले अफ खेल्ने सम्भावना कायमै छ । प्ले अफका लागि चितवन अन्य टाेलीबीच हुने खेलकाे नतिजामा भर पर्नुपर्नेछ । पाेखराले जारी प्रतियाेगितामा कुनै पनि खेल जित्न सकेकाे छैन । 

यसअघि ब्याटिङ गरेकाे पाेखराका लागि ब्याट्सम्यान सुनिल धमलाले अर्धशतकीय प्रहार गरे । उनले ४२ बलकाे सामना गर्दै २ छक्का र ३ चाैकाकाे मद्दतले ५१ रन जाेडे । यस्तै बिनाेद भण्डारीले २७ रन, कायल काेट्जरले २३ रन र राजेश पुलामिले १२ रनकाे याेगदान गरे । बलिङ तर्फ चितवनका लागि जर्ज स्कटले सर्वाधिक ३ विकेट र ललित भण्डारीले २ विकेट लिए ।