Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

पोखरा र चितवनको प्लेअफ यात्रा संकटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:४१:००

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको महत्वपूर्ण खेलमा शुक्रबार चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स ११ को सामना गर्नेछ । प्रतियोगिताको तीन खेलमा जितविहीन रहेको चितवन र पोखराले प्लेअफ सम्भावनालाई जीवित राख्न शुक्रबार जित्नै पर्ने दबाब छ ।

उद्घाटन खेलमा ललितपुरलाई हराउँदै सानदार सुरुवात गरेको साबिक विजेता चितवनले त्यसपछिका खेलमा एकरूपता प्रदर्शन गर्न सकेन । सहभागी टोलीमध्ये बलियो ब्याटिङ लाइनअप भएको पोखराले बलिङमा स्तरीय प्रदर्शन गर्न चुकेको छ । 

आ–आफ्नै समस्या 

पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवन लगातारको हारले दबाबमा रहँदा पारस खड्काको कप्तानीमा रहेको विराटनगरको ब्याटिङ लाइनअप चल्न सकेको छैन । चितवनका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी तथा दुई इंग्लिस खेलाडीका साथ पाउँदा बलियो टोलीका रूपमा हेरिएको थियो । तर, त्रिवि क्रिकेट मैदानमा स्वदेशी तथा विदेशी खेलाडीले कुनै जादु चलाउन नसक्दा चितवन एकपछि अर्को हारको सिकार भइरहेको छ । चितवन विराटनगरविरुद्ध पहिलो जितको खोजीमा मैदान उत्रनेछ । चितवनले ब्याटिङमा मध्यम प्रदर्शन गर्दै आएको छ । 

ब्याटिङमा चिन्ता

विराटनगर इपिएलमा भाग्यकै कारण मात्र जित निकाल्न सफल भएको छ । विराटनगरको ब्याटिङ सोचेजस्तो हुन सकिरहेको छैन । विराटनगरलाई अहिलेको समस्या ब्याटिङ मात्र हो । ललितपुरविरुद्ध पहिलो खेलमा १ सय ४ रनको लक्ष्य अन्तिम बलमा चितवनले पूरा गरेको थियो । विराटनगर त्यसपछिका दुई खेलमा १ सय रन कटाउन असफल भएको छ । विराटनगरले पोखराविरुद्ध ८४ रनको स्कोर पनि सुपर ओभरसम्म पुर्‍याउँदै   जित निकाल्यो ।  

काठमाडौंलाई मौका

काठमाडौंले केवल दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । काठमाडौं तेस्रो खेलमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन मैदान उत्रनेछ । अस्थिर ब्याटिङ लाइनअप पोखराका लागि मुख्य चुनौती रहेको छ ।