मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जावेद नाक्भी
२०७५ पौष १९ बिहीबार ०८:२५:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

हट्ला त भारत–पाकिस्तानबीचको चिसो ?

Read Time : > 1 मिनेट
जावेद नाक्भी
२०७५ पौष १९ बिहीबार ०८:२५:००

आगामी मेसम्म भारत र पाकिस्तानका विभिन्न स्थानमा फैलिएको चिसो कम हुनेछ । उच्च पहाडी क्षेत्रमा हिउँ पग्लनेछ । अन्तरदेशीय चिसोपना पनि कम हुने अपेक्षा गर्न सकिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वासिङ्टन पोस्टलाई दिएको पछिल्लो अन्तर्वार्तामा भारतमा आगामी मेमा हुने निर्वाचनपछि सम्बन्ध सुधार हुने अपेक्षा गरेका छन् । भारतको लोकसभा निर्वाचनलाई कतिपयले प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद कार्यकालको जनमतसंग्रहका रूपमा पनि हेरेका छन् । 

दक्षिण एसियामा चीनको बढ्दो प्रभाव कम गर्न यसअघि नै भारतले माल्दिभ्सलाई खर्बौं डलर सहयोग गर्ने घोषणा गरेको थियो । यद्यपि सन् ०१८ मा नरेन्द्र मोदीले पाकिस्तानसँगको सम्बन्ध सुधार्ने ठूलो मौका गुमाए । छिमेकीसँग सम्बन्ध सुधार्नु व्यक्तिगत रूपमा उनका लागि र क्षेत्रीय रूपमा दक्षिण एसियाकै ठूलो उपलब्धि हुने थियो । यसका बाबजुद मोदी वा अर्कैको नेतृत्वमा सम्बन्ध सुधारको नयाँ अवसर ढिलोचाँडो आउने नै छ । अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि भारतको संलग्नता आवश्यक रहेको पकिस्तानको पछिल्लो घोषणाले नयाँ तरंग सिर्जना गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सेनाको शव बोकेको बाकस लिएर दोस्रो कार्यकालका लागि सन् ०२० मा चुनावी अभियान सुरु गर्न सक्दैनन् । तालिवानसँग पराजित हुने मनस्थितिमा उनी रहनेछैनन् । त्यसैले अफगानिस्तान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको भूमिका अहिले र भविष्यमा पनि महत्वपूर्ण छ । 

भारतीय व्यावसायिक घरानाले चीन र पाकिस्तानसँग सम्झौता होस् भन्ने चाहिरहेको समयमा कास्मिर समस्या समाधानको पहल हुने सम्भावना बढेको छ 

पाकिस्तानी प्रधानमन्त्री खानले कास्मिरको तनाव समाधान गर्ने सपना टाढा नरहेको संकेत गरेका छन् । पछिल्लो समय चीनले आफ्नो आर्थिक कोरिडोरमा भारतलाई स्वागत गरिरहेको छ । भारतका व्यावसायिक घरानाहरू चीन र पाकिस्तानसँग उपयुक्त सम्झौता होस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा दुई देशले कास्मिर समस्या समाधानका लागि प्रयास थाल्न सक्छन् । कार्गिल युद्धपछिको निर्वाचनमा अटल बिहारी बाजपेयीको नेतृत्वमा रहेको भाजपा पराजित भएको दृष्टान्तले पाकिस्तानसँगको सैन्य विवाद दिल्लीमा बस्नेहरूको भोट बढाउन सहायक सिद्ध नहुने देखाइसकेको छ । सन् २००८ मा मुम्बई हमलापछि पाकिस्तानविरुद्ध युद्ध छेड्नुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले युद्ध चाहेनन् । तर, यस कदमपछि पनि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भए । 

पाकिस्तानी प्रधानमन्त्री खानले धेरैपटक भारतसँग सैन्य सुधारका लागि पहल गरेका छन् । उनले कर्टारपुर कोरिडोरमा सिख भक्तजनले भिसाविनै यात्रा गर्न पाउने निर्णय गरे । यस निर्णयलाई दिल्लीले पनि आश्चर्यका रूपमा लिएको छ । खानले वासिङ्टन पोस्टसँगको कुराकानीमा सन् २००८ को मुम्बई हमला आतंकवादी हमला भएको भन्दै पाकिस्तानकै हितका लागि पनि यस घटनाको पूर्ण छानबिन आवश्यक रहेको बताएका छन् । निर्वाचनमा विजयी भएपछि पहिलोपटक गरेको भाषणमा खानले दुई देशको सम्बन्ध सुधारका लागि भारतले एक कदम अघि बढाउँदा पाकिस्तान दुई कदम अघि बढ्ने बताएका थिए । अहिले भारतमा निर्वाचनको सरगर्मी बढेका कारण पाकिस्तानसँगको सम्बन्ध सुधारमा दिल्ली तत्काल इच्छुक नदेखिएको खानको बुझाइ छ । ‘भारतको सत्तारुढ पार्टीमा मुसलमान र पाकिस्तानविरोधी सोच हाबी छ । अहिले निर्वाचन आउँदै छ । त्यसैले उनीहरूले मेरा सबै प्रस्ताव अस्वीकार गरे,’ उनले भनेका छन्, ‘आशा गरौँ, निर्वाचनपछि हामी फेरि वार्तामा बस्नेछौँ ।’


डन डटकमबाट