मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३१ मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
अर्थ

जोन्टा क्लबलाई ग्लोबल आइएमई बैंकको सहयोग

सहयोग रकम बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा खर्चने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३१ मंगलबार ०७:१९:००

ग्लोबल आइएमई बैंकले जोन्टा क्लब, काठमाडौंलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले क्लबका अध्यक्ष मीरा ज्योतिलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

बैंकको सहयोगबाट क्लबले प्रदेश सरकार तथा स्थानीय निकायको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयका करिब १ हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । गरिबी, अशिक्षा तथा अन्धविश्वासले प्रदेश २ का धेरै समुदायमा बालविवाहको प्रचलन रहेकाले यो अवस्थाको अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु-याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्नसमेत आग्रह गरे । बैंकले  स्थापनादेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यमा सहयोग गर्दै आएको उनले बताए ।