मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ३० सोमबार ११:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

जंगली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

Read Time : < 1 मिनेट
२०७६ असार ३० सोमबार ११:४३:००

जंगली च्याउ खाँदा पश्चिमी रुकुमको मुसीकोटमा एकै गाउँका १२ जना बिरामी परेका छन् । बिरामी पर्नेमा अधिकांश बालबालिका रहेका छन् ।  जंगली च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथका १२ जना बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी पर्नेमा ८ वर्षीया अञ्जु केसी, ६ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन् । त्यस्तै, २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनीषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि जंगली च्याउ खाँदा बिरामी परेका हुन् । 

उनीहरू सबैको मुसीकोट नगरपालिका–१ खलंगास्थित साझा अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । शनिबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरू बिरामी परेका थिए । समयमै उपचारका लागि ल्याएकाले स्वास्थ्यमा समस्या नआएको अस्पतालले जनाएको छ ।