मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २९ आइतबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार

जंगली च्याउ खाँदा सात जना अचेत

Read Time : < 1 मिनेट
२०७६ असार २९ आइतबार १४:०४:००

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं.२ मा जङ्गली च्याउ खाँदा ७ जना बिरामी परेका छन् ।

च्याउ खाएपछि बिरामी परेका सातै जना अचेत अवस्थामा रहेको सूचना पाएपछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए ।

शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भई हाल ढोरपाटन–२ सेरामा बच्चा पढाउन डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीय श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् । 

उनीहरु सबैलाई सामान्य उपचार पश्चात थप उपचारका लागि पाल्पा पठाइएको प्राथमिक स्वाथ्य केन्द्रका डाक्टर कृष्णहरी श्रेष्ठले जानकारी दिए ।