मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २९ आइतबार ११:४६:००
Read Time : > 1 मिनेट
नयाँCity

कतिपय फिल्म च्यारिटीमै सीमित भए : सुकुमाया तामाङ

Read Time : > 1 मिनेट
२०७६ असार २९ आइतबार ११:४६:००

सुकुमाया मोक्तान तामाङ फिल्मकी अभिनेत्री हुन् । उनले दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तोङ (सगुन) फिल्मको निर्देशन पनि गरेकी छिन् । उनीसँग सुनीता खनालले गरेको कुराकानी :

किन तामाङ फिल्ममा मात्रै काम गर्नुहुन्छ ?
म १६ वर्षदेखि यो क्षेत्रमा छु । त्यतिवेला १७ वर्षकी थिएँ । त्यसताका तामाङ फिल्म बनाउने निर्माता, निर्देशक खासै थिएनन् । एउटा फिल्म डुबेपछि पछि हट्थे । तर, मैले त्यसो गरिनँ । लड्दै–उठ्दै गरेँ । हिरोको अगाडि जहिल्यै हिरोइनलाई सहायकजस्तो बनाइएका फिल्म मलाई चित्त बुझ्दैनथ्यो । कुनै महिलाले मेरो फिल्म हेरेपछि उसलाई केही गर्ने आँट आओस् भनेर पनि मैले तामाङ फिल्म बनाउन कथाहरू खोजिरहेकी हुन्छु । जनजाति चलचित्रकर्मी भए पनि म नेपाली फिल्मलाई बहुतै माया गर्छु । 

तपाईं फिल्म निर्देशक पनि हुनुहुन्छ । यससम्बन्धी कुनै कोर्स गर्नुभएको छ ?
मैले ०६६ सालमा एउटा फिल्म निर्देशन पनि गरेकी थिएँ । अहिलेसम्म पनि तामाङ फिल्ममा निर्देशक बन्ने आँट कुनै महिलाले गर्नुभएको छैन । त्यस अर्थमा पनि तामाङ फिल्मको पहिलो महिला निर्देशक हुँ । मैले औपचारिक रूपमा कुनै कोर्स गरेकी छैन । नेपालमा नै हुने सानातिना तालिम लिएकी छु । आफूले यही क्षेत्रमा लामो समय काम गरिसकेपछि अनुभवकै आधारमा पनि निर्देशन गर्ने आँट गरेकी हुँ ।

तामाङ भाषाका विशेष दर्शक हुन्छन् ? 
हाम्रो भाषाको चलचित्रमा टाइटल तामाङ भाषामै राखिन्छ । सबटाइटल अंग्रेजीमा राखिन्छ । ०६०/६१ सालतिर अन्य फिल्मको तुलनामा तामाङ फिल्मका दर्शक धेरै हुन्थे । बजार राम्रो थियो । नयाँ मान्छेलाई चासो थियो । तर, पछि हामीले फिल्म गुणस्तरीय दिन नसकेर नै आफ्नै समुदायमा सीमित हुन थालेको हो । कतिपय फिल्मचाहिँ च्यारिटीमै सीमित हुने गरेका छन् । भाषाको समस्याले पनि यसको दर्शक सीमित हुन्छन् ।

कलाकार, निर्माता र निर्देशक सबैतिर हुनुहुन्छ । सबैतिर हात हाल्दा समस्या हुन्न ?
निर्माता बन्नु सबैभन्दा भारी काम हो । मानसिक रूपमा एकदमै थकान र डिस्टर्ब भइरहेको हुन्छ । अरूको फिल्ममा म जति राम्रो अभिनय गर्न सक्छु, त्यति मेरोमा सक्तिनँ । त्यहाँ भएका हरेक कुरा आफैँले व्यवस्था गरिदिनुपर्छ । कलाकार त म जुन फिल्ममा पनि बन्न सकी नै हाल्छु । निर्देशन पनि सोचविचार गरेर गर्छु । अप्ठ्यारोचाहिँ कति मान्ने भन्ने कुरामा भर पर्छ । 

तामाङ फिल्मबाट नेपाली भाषाको फिल्ममा आउने कुनै सोच छ ?
सोच बनाएकी छु । सायद अब छिटै नै मलाई नेपाली फिल्मतिर पनि देख्न सक्नुहुनेछ । ०६०/६१ सालतिर अन्य फिल्मको तुलनामा तामाङ फिल्मका दर्शक धेरै हुन्थे । तर, पछि हामीले फिल्म गुणस्तरीय दिन नसकेर नै आफ्नै समुदायमा सीमित हुन थालेको हो । कतिपय फिल्मचाहिँ च्यारिटीमै सीमित हुने गरेका छन् ।