१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २९ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
समाचार

जंगली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी  

Read Time : < 1 मिनेट
२०७६ असार २९ आइतबार १०:५०:००

जंगली च्याउ खाँदा मुसीकोट नगरपालिका १ चन्दननाथ टोलका १२ जना बिरामी परेका छन् ।  बिरामी पर्नेमा ८ वर्षीया अञ्जु केसी, ६ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नविन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेकी छन् । 

त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको मुसीकोट नगरपालिका १ खलंगाको साझा अस्पतालमा उपचार भइरहेको छ । 

अहिले बिरामीके अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जनाकारी दिए । उनका अनुसार शनिबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका लगत्तै उनीहरु बिरामी परेका थिए । समयमै उपचार पाएकाले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 

जंगली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानैसमेत जाने जोखिम रहेकाले जंगली च्याउ नखान डीएसपी खड्काले सबैममा आग्रह गरेका छन् ।