मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी 
२०७५ पौष १८ बुधबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार

आयल निगमले गर्‍यो इन्धनको मुल्य २ रुपैयाँ घटाएर समायोजन

Read Time : < 1 मिनेट
अजित अधिकारी 
२०७५ पौष १८ बुधबार १९:४१:००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

मुल्य घटाएपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा घटेको मुल्यअनुसार नेपाली बजारमा समायोजन गरेको बताए ।

आयल निगमले पछिल्लो डेढ महिनामा निरन्तर मुल्य घटाइरहको छ । डेढ महिनामा प्रत्येक १५ दिन बिराएर भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ मुल्य अनुसार अहिलेसम्म पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान ६ रुपैयाँ प्रतिलिटर घटेको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ठूलो अन्तरमा घटेपनि निगमले चर्को नाफा राख्दा नेपाली बजारमा खासै मूल्य घट्न सकेको छैन ।