मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २९ आइतबार ०७:३९:००
Read Time : < 1 मिनेट
समाचार

कवितावाचनमा मोक्षदा स्कुल प्रथम

प्रतियोगितामा मोक्षदा छात्र-छात्रा दुवै समूहमा प्रथम

Read Time : < 1 मिनेट
२०७६ असार २९ आइतबार ०७:३९:००

२०६औँ भानुजयन्तीको अवसरमा प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा कुमारीगालस्थित महान् सिद्धार्थ हाई स्कुलमा आयोजित विद्यालयस्तरीय रचना वाचन प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ । प्रतियोगितामा मोक्षदा छात्र र छात्रा दुवै समूहमा प्रथम भएको हो ।

शनिबार आयोजित प्रतियोगितामा छात्रातर्फ मोक्षदा स्कुलकी तारा लामा प्रथम, अनमोल ज्योति स्कुलकी स्वस्तिका थपलिया द्वितीय, निमोनिक मोडर्न एकेडेमीकी एन्जल सिलवाल तृतीय र लभ्ली एन्जल्स स्कुलकी अपेक्षा शर्मा चौथो स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी, छात्रतर्फ मोक्षदा स्कुलका अनुज खड्का प्रथम, न्यु सनसाइन 
इंग्लिस स्कुलका युकेस रावल द्वितीय, दुर्गा भवानी एकेडेमीका विनोद खैर तृतीय र लभ्ली एन्जल्स स्कुलका प्रभात सेढाईं चौथो भएका थिए । 

विजयी प्रतियोगीलाई प्रमुख अतिथि प्राज्ञ शशी लुमुम्बु लगायतले ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लुमुम्बु, पिइएफ अध्यक्ष विष्णुप्रसाद पोखरेल, कवि बलराम दाहाल, साहित्यकार सरोज घिमिरे, बाबुराम केसीलगायतले नेपाली भाषाको उन्नयनमा आदिकवि भानुभक्त आचार्यको योगदानबारे समीक्षा गरेका थिए ।