मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार २२:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अवरुद्ध त्रिभुवन विमानस्थलमा उडान सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार २२:१०:००

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिँदा आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको सबै उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । 

नेपालगञ्जबाट काठमाडौँ आएको चालकदलसहित ६६ यात्रु सवार यती एयरलाइन्सको एटिआर–७२ विमान अवतरणका क्रममा बिहान करिब ११ बजे विमानस्थलमा चिप्लिएको थियो । विमान धावनमार्गबाट करिब सय मिटरबाहिर घाँसे मैदानमा धस्सिएको थियो । 

विमान धस्सिएपछि विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध भएको थियो । नेपाली, सेना, नेपाल प्रहरी र विमानस्थलका प्राविधिकसहितको टोलीले विमानलाई हटाएको थियो । धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा राखिएकाे छ । रासस