Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असार २७ शुक्रबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

बागमती नदीमा फसे १७ जना, उद्धारमा कठिनाई 

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १८:५६:००

वस्तु चराउन गएका १७ जना रौतहटस्थित बागमती नदीकाे बाढीमा फसेका छन । उनीहरू रौतहट र सर्लाहीको बीचमा पर्ने नदीको बगरमा फसेका हुन् । उनीहरुको उद्धार हुन नसकेको स्थानीयले जानकारी दिएका छन् ।

वृन्दावन नगरपालिका-१ मा वस्तु चराउन गएका उनीहरू रुखमा चढेर उद्धारका लागि गुहार मागिरहेको स्थानीय बासिन्दा रुपेन्द्र पटेलले बताए । यस्तै, बाढीमा परी गढीमाई नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीय दुलारी देवी बेपत्ता भएकी छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार नदी फसेकाहरूलाई उद्धार गर्न लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाएको छ ।