भारतबाट आयत हुने तरकारी तथा फलफूलको विषयमा सरकारको आलोचना नगर्न नेपाली कांग्रेसलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले चेतावनी दिएका छन् । उनले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न आँट गर्ने सरकारको आलोचना गरेको भन्दै आपत्ति जनाएका हुन् ।
कांग्रेसले कत्ति न जनतालाई अर्गानिक तरकारी तथा फलफूल खुवाएको जस्तो सरकारको आलोचना गर्नु ठिक नहुने मन्त्री यादवको भनाइ थियो । शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यथार्थमा आधारित भई सरकारको आलोचना गर्न कांग्रेसलाई सचेत गराए । उनले भने, 'विषादी प्रकरणमा कांग्रेसले सरकारको आलोचना गरी आफ्नो इज्जत देखाएको छ ।'
मन्त्री यादवले व्यापारीलाई जथाभावी मूल्य नबढाई व्यापार गर्न सुझाव दिए । उनले सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेको स्पष्ट पारेका थिए ।