मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजय कार्की  ललितपुर
२०७६ असार २७ शुक्रबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुरमा पहिरो जाँदा बालकको मृत्यु 

Read Time : < 1 मिनेट
विजय कार्की  ललितपुर
२०७६ असार २७ शुक्रबार १८:०१:००

ललितपुरको बगुवामा बाढीसँगै पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एघार वर्षीय सरोज जिम्बा रहेको बागमती गाउँपालिकाका उपाध्यक्ष रन्जना तिमल्सिना घिमिरेले जानकारी दिइन् ।

उपाध्यक्ष घिमिरेका अनुसार गाउँपालिकाका सबै वडामा बाढीको जोखिममा रहेको छ । उनले भनिन्, ‘हाम्रो गाउँपालिकाको ७ वटै वडा पहिरोको जोखिम रहेकाले सबैलाई सुरक्षित रहन जानकारी गराएका छौँ ।’