मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार १६:४८:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘सुकुटी साँध न’मा दीपा र आर्यनको डान्स (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार १६:४८:००

चलचत्रि हजार जुनी सम्मको आइटम गीत ‘सुकुटी साँध न साहुनी’ शुक्रबार सार्वजनिक भएको छ । 

प्रल्हाद तिमल्सीना र मिना निरौलाको स्वरमा रहेको लोक शैलीको गीतमा दिपाश्री निरौला, हास्य कलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नव नायक अखिलेश प्रधान फिचर्ड छन् । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

चलचित्र ‘हजार जुनी सम्म’मा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको प्रदर्शन मिति ६ भाद्रलाई तोकिएको छ ।

चलचित्रको कथा विशाल चाम्लिङ्गले लेखेका हुन् । निर्देशक आचार्य र सामिप्यराज तिमल्सीनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । त्यसैगरी चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । कविराज गहतराको कोरियोग्राफी रहेको यस चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत छ भने अर्जुन जिसीको सम्पादन छ