१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २७ शुक्रबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार

बाढीबाट बच्न रुख चढेका बालकलाई उद्धार गरिँदै

ठेकेदारको लापरबाहीको बाढी बस्तीमा

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १६:२०:००

सिरहाको कमला नदीमा आएको बाढी वस्तीमा पसेको छ । नदीको पूर्वी बाँधमा निर्माण भइरहेको ‘एन्टी फ्लड स्वीलिस’ को काम ठेकेदारले पूरा नगर्दा वाढी वस्ती प्रवेश गरेको हो ।

कमला नदीमा बाढी आएपछि रुखमा चढेर जोगिएका कर्जन्हा नगरपालिका २ बम बद्रु मुखियालाई निकाल्ने प्रयास गरिँदैछ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धारमा जुटिरहेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उद्धारको लागि होलिकोप्टर मगाउन गृहमन्त्रालय खबर गरिएको बताए । कमलाको बाढी सिरहा नगरपालिका ६ बसपिट्टा प्रवेश गरेपछि सुरक्षा निकाय र स्थानीयको पहलमा रोकथामको प्रयास भइरहेको छ । 

निर्माण सम्पन्न गर्नुपर्ने म्याद डेढ वर्ष पहिले सकिएपनि ठेकेदार कम्पनीले निर्माण कार्य पूरा नगर्दा वस्ती डुवानको जोखिम बढेको हो ।