Skip This
Skip This

बाढीले बगाउँदा पर्सामा बालकको मृत्यु

२०७६ असार २७ शुक्रबार १६:०४:००

पर्सामा बाढीबाट आएको दाउरा सङ्गाल्ने क्रममा शुक्रबार दिउँसो एक बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका-१ बगवनाका १२ वर्षीय निखिल पटेल रहेको प्रहरीले जनाएको छ । 

गाँउ नजिकको सिङ्याहीयाही खोलामा बाढीले बगाएर ल्याएकाे दाउरा टिप्ने क्रममा पटेलकाे मृत्यु भएको जिल्लाका प्रहरी नायव उपरीक्षक अन्नत राज शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार