मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २७ शुक्रबार १३:४४:००
Read Time : > 1 मिनेट
समाचार

लगातारको वर्षाले रौतहट जलमग्न

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार १३:४४:००

तीन दिनदेखीको लगातारको वर्षाले रौतहटको जनजीवन अस्तव्यस्त बनेको छ । बिहानैबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित लच्कामा आएको बाढीका कारण बन्द रहेको राजमार्गमा दिउँसो १२ बजेपछि ठूला सवारी साधान मात्र चलेका छन् । 

चन्द्रनिगाहपुर बागमती सडक खण्डमा अझै सयौं सवारीसाधन लाइनमा रहेका छन् । सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले सवारी साधानको अवस्था र बाढीको अवस्था हेरेर गाडी चल्न दिएको सशस्त्र प्रहरीका डिएसपी शशी पाण्डेले बताए । चन्द्रपुर नगरपालिकाको सबै वडा जलमग्न भएको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । पानीको निकासका लागि नगरपालिकाको डोजर बिहानैबाट सक्रिय बनाइएको चौधरीले बताए । 

बागमती नदीमा बाढीले बाँध भत्किएको छ । पूर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । बाँध भत्किएर गढिमाइ ३ लक्ष्मिपुर बस्तीमा बाढी पसिरहेको छ । नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास गरेपनि पानीको बहाब तीब्र भएकोले प्रयास असफल भएको मेयर श्याम प्रसाद यादवले जानकारी दिए । दुई वर्षअघि बागमती नदिमा आएको बाढीले उक्त स्थानमा बाँध भत्काएको थियो । सो भत्केको बाँध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुको भनाई छ । त्यस्तै बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन् ।

जिल्ला बिपत् व्यवस्थापन समिती रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदि र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । जिल्ला सदरमुकाम गौर लगाएतका अन्य नगरपालिका तथा गाउपालिका जलमग्न भएको स्थानीयले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटले अहिलेसम्म बढीका कारण माननीय क्षती नभएको जनाएको छ ।