१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २७ शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार

वैदेशिक रोजगारीको पीडा : एक वर्षमा सयले ज्यान गुमाए  

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:३९:००

आर्थिक वर्ष ०७५/०७६ मा नवलपुरबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका एक सयजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश युवा छन् ।वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी ) का कार्यक्रम संयोजक ऋतुराम सोतीका अनुसार यो संख्या श्रोत केन्द्रमा दर्ता भएका मात्रै हुन् । कावासोतीमा आप्रवासी श्रोत केन्द्र कावासोतीले बुधार आयोजना गरेको कार्यक्रममा अधिकांशकोे नेचुरल डेथ भएको जनाइएको छ । राति रामैसँग सुतेकाहरू हावापानी नमिल्दा बिहान मृत अवस्थामा फेला पर्ने गरेको परियोजना संयोजक सोतीले जानकारी दिए । त्यसपछि आत्महत्या र सवारी दुर्घटनामा समेत मृत्यु हुने गरेको उनले बताए । आत्महत्या गर्नेमा धेरै ३५ वर्षभन्दा मुनिका छन् । 

संयोजक सोतीले नवलपरासीमा वैदेशिक रोजगारको सिलसिलामा ठगीनेको संख्या पनि धेरै रहेको जनाए । उनका अनुसार पछिल्लो पाँच वर्षमा नवलपुरबाट वैदेशिक रोजगारीमा गएका सात सय ९६ ठगिएका छन् । म्यानपावरलाई पैसा र पासपोर्ट दिएर विदेश नपठाएको, विदेश गए पनि तोकिएको काम र तलब नहुने, तलब नै नपाउने, काम नपाउने जस्ता  घटना धेरै दर्ता भएको सोतीले जानकारी दिए । उनका अनुसार ठगीमा परेका मध्ये चार सय ५४ जनाको समस्याको समाधान गरिएको छ । अन्यको भने अझै समस्या कायमै रहेको उनले बताए ।

दुई करोड २१ लाख फिर्ता
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने एजेन्ट तथा मेनपावरबाट दुई करोड २१ लाख ११ हजार दुई सय असुल गरी ठगीमा परेका व्यक्तिलाई फिर्ता गरेको सोतीले बताए । पाँच वर्षमा १३ सय ३४ वटावबैदेशिक रोजगारीसम्बन्धी मुद्दा दर्ता भएकामा नौ सय ८१ वटा समाधान भएको र यसबाट क्षतिपूर्तिबापत १२ करोड ४४ लाख ३६ हजार  ११२  प्राप्त भएको छ । सामी परियोजनाअन्तर्गत पाँच वर्षमा एक लाख ५२ हजार २४७ जनालाई वैदेशिक राजगारीसम्बन्धी आधारभूत सूचना प्रदान गरिएको छ ।