१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् निन्द्रामा बर्बराउने कारण

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:२६:००

स्वस्थ रहन निश्चित समयमा भोक लाग्नुजस्तै समयमा निद्रा लाग्नु पनि उत्तिकै आवश्यक छ । निद्राको प्रकृति व्यक्तिपिच्छे फरक हुन्छ । कसैलाई निद्रा पर्न घन्टांँ लाग्छ भने कोही एकै छिनमा निदाउने हुन्छन् । निद्रा नलाग्दा वा बिथोलिँदा स्वास्थ्यमा असर गर्छ । निद्रा दुई किसिमले लाग्छ, रेम स्लिप र नन रेम स्लिप । रेम स्लिप सुतेको करिब ९० मिनेटपछि लाग्ने निन्द्रा हो । जुन गहिरो हुन्छ । यो समयमा मस्तिष्क एकदमै सक्रिय रहने भएकाले सपना देखिन्छन् । बालबालिकाको करिब ५० प्रतिशत निद्रा यो स्टेजमा हुन्छ । करिब २० प्रतिशत वयस्कको समय रेम स्लिपमा बित्ने गर्छ । नन रेम स्लिप सामान्य खालको निद्रा हो । यो निद्राका क्रममा मानिस सजिलै ब्युँझिन सक्छ । अधिकांशमा नन रेम स्लिप  हुने गर्छ । 
कारण  

  •  निद्रामा बर्बराउनु एक किसिमको समस्या हो । कतिपयले यसलाई मानसिक समस्यासँग जोडेर हेरेको पाइन्छ, जुन गलत हो । सामान्यतया, निदाएको वेलामा मस्तिष्क सक्रिय रहने भएकाले निद्रामा झस्किने र बर्बराउने हुन्छ ।
  •  कतिपय अवस्थामा मानसिक तनावका कारण निद्राबाट बारम्बार झस्किएर सुत्न गाह्रो हुने समस्या हुन्छ । यस्तो समस्या भएमा बर्बराउने, बीचबीचमा ब्यँुझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र सास फेर्न गाह्रो हुने हुन्छ ।
  •  कुनै ठूलो दुर्घटनामा परेका वा बलात्कारजस्ता घटनाका पीडितमा यस्तो समस्या हुन सक्छ । 
  •  अत्यधिक रक्सी तथा लागुऔषध सेवन गरेमासमेत यस्तो समस्या हुन सक्छ । त्यस्तै, लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्ने व्यक्तिमा समेत समस्या हुने गर्छ । 

समाधानको उपाय

  •  धेरै कुरा दिमागमा नखेलाउने, चिन्ता नलिने र कामको बोझ सहज पार्नुपर्छ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।  
  •  शारीरिक स्वस्थ्यमा ध्यान दिनुपर्छ । रक्सी तथा लागुऔषधको प्रयोग गर्नुहुँदैन । 
  •  लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्नुहुँदैन । अलिअलि बर्बराउनु सामान्य हो । तर, नियमित बर्बराउने, उठेर हिँड्ने तथा झस्किने भएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।