मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामजी दाहाल
२०७६ असार २७ शुक्रबार ०७:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

उपकुलपति खनियाँको प्राज्ञिक हस्तक्षेप

Read Time : > 2 मिनेट
रामजी दाहाल
२०७६ असार २७ शुक्रबार ०७:५३:००

त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिकोत्सवमा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी ओली हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिँडेको तस्बिरसहितको समाचार प्रकाशित भयो । जसको व्यापक चर्चा–परिचर्चा पनि भयो, हुँदै छ । जुन तथ्य उपकुलपति डा. तीर्थराज खनियाँलाई सह्य भएनछ । अनि उनले हिलोमाथि रातो कार्पेट नभई रातो प्लाइउड ओछ्याइएको दाबी मात्र गरेनन्, आमसञ्चार तथा पत्रकारिताका विभागीय प्रमुख चिरञ्जीवी खनालसँग पत्रकारिताको कोर्स झिकाएर पल्टाएर हेरेछन् । त्यसपछि निर्देशन दिँदै भने– ‘प्लाइउडलाई रातो कार्पेट देख्नुपर्ने पढाइ देखिनँ, त्यसैले पाठ्यक्रम, पाठ्यपुस्तकमा सुधार गर्नुस् ।’ 

अनलाइनका खबरमा बिहीबार दिउँसो २ बजे प्रकाशित यो समाचार पढेपछि पत्रकारिताको विद्यार्थीका नाताले मेरो दिमागमा धेरै कुरा खेल्न थाल्यो । त्यसपछि उपकुुलपति खनियाँसँग थप कुराकानी गर्नु अर्थहीन ठानेर विभागीय प्रमुख खनाललाई फोन गरेँ । फोन उठेन । सायद उनी कतै व्यस्त थिए होलान् । त्यसपछि पूूर्वविभागीय प्रमुख प्रा. पी खरेललाई फोन गरेँ । खरेल सरले भने, ‘साह्रै हास्यास्पद कुरा भयो । यो त अपठितले गर्ने कुरा हो ।’ त्यसो त उपकुलपति डा. खनियाँले जर्नल आर्टिकलमा अरू कसैको आर्टिकलबाट ‘नक्कल’ गरेको मामलामा प्रधानमन्त्री ओेलीले सार्वजनिक रूपमा ‘यस्तो व्यक्तिले विश्वविद्यालयको नेतृत्व गर्न सक्दैन, कारबाही गर्छु’ पनि भनेका थिए । तर, किन हो कुन्नि ओली बोलीमै सीमित भए ।

कारबाही अघि बढाउन सकेनन् । प्राध्यापक खरेलले पत्रकारिताको कोर्स परिवर्तन गर्ने काम उपकुलपतिको नभएको बताए । उनले भने, ‘पत्रकारिताको विज्ञ उहाँ होइन, कतिवेला कोर्स परिवर्तन गर्नुपर्छ, त्यो विज्ञहरूको काम हो ।’ यसरी आफ्नो आक्रोश विभागमाथि थोपर्न नहुने उनको भनाइ छ । खरेलले भने, ‘बोल्नका लागि निष्ठा पनि त हुुनुपर्‍यो ।’ मिडियाका केही कमजोरी छन् भने गुुनासो सुनुुवाइ गर्ने निकाय प्रेस काउन्सिल भएको खरेलले स्मरण गराए । 

खरेल भन्छन्, ‘विभागको कार्यक्षेत्रमाथि हस्तक्षेप गर्ने गरी उपकुलपति खनियाँले कोर्स परिवर्तन गर्न दिएको निर्देशनलाई प्राज्ञिक साहस हुने हो भने विभागीय प्रमुखले त्यहीँ प्रतिवाद गर्नुपथ्र्यो ।’ उपकुलपतिले हस्तक्षेप गर्न खोजेको विषय विभागीय प्रमुखले लिखित वा मौखिक रूपमा बाहिर ल्याउनुपर्ने खरेलको भनाइ छ । उनी पत्रकारिता विभाग कमजोर भएका वेला यस्ता कुुरा गरेर विभागलाई झनै कमजोर बनाउने खेल सुरु भएको बताउँछन् ।

ओली सरकारलाई खुसी बनाएर अवकाशपछि विदेशतिर नियुक्तिको बाटो खोल्न उपकुलपति खनियाँले हिलोमा राखेको रातो कार्पेटलाई प्लाइउड बनाउन खोजेको कीर्तिपुर परिसरमा चर्चा छ 
 

खरेल सरको फोन राख्नासाथ विभागीय प्रमुख खनाल सरले आफू एउटा कार्यक्रममा रहेको भन्दै फोन गरे । मैले उपकुलपतिसँग भएको कुराकानीबारे जान्नका लागि फोन गरेको बताएँ । तपाईं कार्यक्रममा हो भने केही बेरपछि कुरा गर्छु भनेँ । तर, उनी तत्कालै कुरा गर्न तयार भए । उनले पत्रकारिता विभागको टेन्डरका लागि आफूू भिसी कार्यालयमा अनौपचारिक छलफलका लागि गएको सुनाए । तर, प्रसंगवश उपकुलपतिसँग भेट भएको खनालले बताए । भने, ‘उहाँले पत्रकारिताको कोर्समा के पढाउनुहुन्छ ? प्लाइउडलाई कार्पेट भनी मिडियामा आयो भनेर सोध्दै कोर्स परिवर्तनको कुरा पनि गर्नुभयो ।’ त्यसपछि आफूले त्रिविको नियम र प्रक्रियाअनुसार परिवर्तन हुन्छ भनेर उपकुलपतिलाई जानकारी गराएको खनालले बताए । 

नेपालको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख शैक्षिक संस्था त्रिवि पत्रकारिता विभाग हो । यो तथ्यलाई नजरअन्दाज गरेर उपकुलपति खनियाँले ‘प्लाइउडलाई कार्पेट देख्ने मिडियाका कस्ता आँखा हुन्, मैले बुझ्न सकेको छैन’ भन्दै ‘आउँदैनआई, हेर्दैनहेरीकन’ पत्रकारले प्लाइउडलाई कार्पेट भनेर लेखेको दाबी गरेका छन् । यति भन्दै गर्दा उनले भुलेको कुरा के हो भने मिडियामा छापिएको तस्बिर त्रिविको हो र त्यो कार्पेट नै हो, रातो प्लाइउड होइन । कांग्रेसको कोटाबाट त्रिविका उपकुलपति बनेका खनियाँको कार्यकाल सकिनै लागेको छ । यही मेसोमा ओली सरकारलाई खुसी बनाएर अवकाशपछि विदेशतिर नियुक्तिको बाटो खोल्न उनले हिलोमा राखेको रातो कार्पेटलाई प्लाइउड बनाउन खोजेको कीर्तिपुर परिसरमा खुुबै चर्चा छ । 

उपकुलपति खनियाँले बुुझ्नुुपर्छ, त्रिविका सकारात्मक कुरा आफूले पढ्न र पाठकलाई पढाउन त त्रिविले पनि सकारात्मक काम गर्नुप¥यो नि ! बिषको बिरुवा रोपेर त्यसबाट अमृतको आशा गर्नेलाई के भन्ने र ? गोल्डमेडल दिलाउने उद्देश्यले परीक्षामा बढी प्राप्तांक हुने गरी अनुचित ढंगले अंक थप्ने ‘त्रिविका कर्मचारीले बहादुरी गरे’ भनेर मिडियाले लेखिदिनुपर्ने ? प्रधानमन्त्रीलाई ओछ्याएको रातो कार्पेटलाई रातो भन्दा कोर्स बदल्नुुपर्छ भन्ने तपाईं अनुचित ढंगले अंक थपेको कुरालाई ‘वाह ! क्याबात, त्रिविले गज्जबै ग¥यो’ भनेर मिडियाले लेखे भने हाम्रा उपकुलपति महोदयले पक्कै भन्नेछन्– ‘त्रिवि पत्रकारिताको यस्तो कोर्स जुनी–जुनीसम्म राख्नुपर्छ ।’