मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २६ बिहीबार २२:११:००
Read Time : < 1 मिनेट
समाचार

सप्तकोशीले कटान गर्दा श्रीलंका टापुको बस्ती जोखिममा 

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार २२:११:००

सुनसरीको बराह क्षेत्र नगरपालिका–६ मा पर्ने श्रीलंका टप्पुको चिलैया बस्तीमा कोशी नदीले कटान गरेकाे छ । मंगलबारदेखि भएकाे लगातार वर्षापछि नदीमा पानीको सतह बढेसँगै बस्तीमा कटान हुन थालेकाे वडा नम्बर ६ का अध्यक्ष श्याम लिम्बुले जानकारी दिए । 

याे क्षेत्र सप्तकोशी पारी पर्छ । बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडा टापुमा रहेको छ । वडाध्यक्ष लिम्बुका अनुसार टापुको पूर्वी किनारा भएर बग्ने कोशीले चिलैया बस्तीका करिब ५० डेढ सय परिवार जोखिममा परेको जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको एक मात्र विद्यालय बालसेवा आधारभूत विद्यालयसमेत कटानको जोखिममा परेको विद्यालयका प्रधानध्यापक सारदा कोइरालाले जानकारी दिइन । दैनिक पाँच मिटरको दरमा कटान भइरहेकाे छ ।

कोशी नदीको कटान र बाढीको बीचमा उक्त टापुमा ०२० सालदेखि तीन हजार बढी जनसंख्या बसोबास गर्दै आएका छन् । त्यहाँ पुग्न ढुङ्गामा चढेर जानु पर्छ । सरकारले नदी किनाराको कटानलाई मात्र ध्यान दिने गरे पनि साे टापुको काटनबारे चासो देखाएका छैन । 

नदीमा बिहीबार दिउँसोको मापन अनुसार एक लाख क्युसेकभन्दा माथि पानीकाे बहाव पुगेकाे कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । नदीमा धेरै पानी हुनु भनेको खतराको सूचक हो । तर, एक लाखमाथि नदीकाे बहाव जानु खतराको संकेत नभएको कन्ट्रोल रुमका प्राविधिकले बताएका छन् । डेढ लाख क्युसेकभन्दा माथि पुग्दा खतराको संकेत मानिन्छ । ब्यारेजमा डेढ लाख क्युसेक पानीको बहाव भए रातो झण्डा फहराउने र रातो बत्ती बालिने गरिन्छ ।